माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरे माप्यका सुन्दर राई
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र माप्यदूधकोशी गाउँपालिकाका नेता सुन्दर राई नेकपा एमालेमा प्रबेश गरेका छन्।

व्यावसायिक रूपमा समेत स्थापित स्थानीयस्तरमा लोकप्रिय राई हालै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।राईलाई नेकपा एमाले सोलुखुम्बुका प्रभावशाली युवा नेता एबम् माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
जतिसुकै चर्का र आकर्षक कुरा गरेपनि अन्य पार्टीले जनताको हितमा काम गर्न नसक्ने भएकाले एमालेले सुरु गरेको समृद्धिको अभियानलाई सहयोग पुर्याउन आफू एमालेमा प्रवेश गरेको नवप्रबेशी राईले बताए ।

