मोटरसाकल दुर्घटना हुँदा सिन्धुलीमा एकजनाको मृत्युु,अर्का एक घाइते
काठमाडौं।मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका- ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमारको मृत्यु भएको हो ।

कुमार स १० प ३९०९ न को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौलीतर्फ जाँदै थिए । उनलाई साेही नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेका बेचु कुमारलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।अर्का मोटरसाइकल चालक हरि राउतको भने दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

