राष्ट्रिय युवा संघ सोलुखुम्बुले सल्लेरीमा पुरुष भलिबल प्रतियोगिता गर्ने, प्रथम हुनेलाई २ लाख पुरष्कार
सोलुखुम्बु।राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले प्रथम कोशी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

फागुन २३ गतेदेखि २६ गतेसम्म सल्लेरीमा आयोजना गरिने प्रतियोगिताले युवाहरुलाई व्यवसायिक खेल क्षेत्रमा आर्कषित गर्ने र स्थानिय स्तरमा भएका खेल क्षमतालाई बाहिर ल्याउने अपेक्षा गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला अध्यक्ष प्रवेश किराँतीले जानकारी दिए।
प्रतिस्पर्धाका लागि टीम दर्ता शुल्क राखिएको उक्त प्रतियोगिताका प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः नगद रु २ लाख, १ लाख ५० हजार, १ लाख र २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बिहिवार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।
पत्रकार सम्मेलनमा संघको झण्डासहित कोशी प्रदेशको नक्सा रेखांकित प्रतियोगिता लोगो समेत सार्बजनिक गरिएको थियो।
वेष्टअप फाइभको आधारमा जिल्ला समन्वय समिति प्राङ्गण सल्लेरीमा आयोजना हुने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उत्कृष्ट सटर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र नवउदयमान खेलाडीलाई नगद ३/३ हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।(सांकेतिक तस्बिर)

