माओवादी केन्द्रको प्रथम विधान अधिवेशन शुरु,प्रस्तावित बिधानमाथिको छलफलका लागि २० समूह गठन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गरेका हुन् ।

पार्टी महासचिव देवप्रसाद गुरुङका अनुसार प्रस्तावित विधानमाथि छलफल गर्न २० वटा समूहमा विभाजन गरिएको छ। ५० देखि ५५ जनारहने गरीगठन भएको सो समूहले छलफल गरी बुधबार १ बजेसम्म आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ ।
छलफलका लागि गठित समूह मध्ये १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती टोली नेता चयन भएको बताइएको छ ।
यस्तै समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ टोली नेता चयन भएका छन् ।यसैगरी समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् ।

