पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना छ : पाकिस्तानी राजदूत हाश्मी



काठमाडौं।नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

युवा बौद्ध संघ र पाकिस्तानी दूतावासको संयुक्त आयोजनामा ‘पाकिस्तानमा बौद्ध सम्पदा’भिडियो प्रदर्शन कार्यक्रममा राजदूत हाश्मीले सो कुरा बताएका हुन।बौद्ध राहत केन्द्र भवन हलमा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले युनेस्कोको साथमा पाकिस्तान पुरातत्व विभागले बौद्ध स्थलहरूको सारलाई उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको जानकारी दिए।विशेषगरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेशावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकोले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको उनको भनाई थियो।

यसैबीच,कार्यक्रमका सहभागी र अनुसन्धानकर्ताहरूले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्त्वलाई स्वीकार गर्दै विशेषगरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटन प्याकेजहरूमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्