रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



रामकुमार श्रेष्ठ,लमजुङ।मध्यनेपाल नगरपालिका ३ सुर्यपाल लमजुङस्थित श्री रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

शुभकामना आदानप्रदान एवं विविध शैक्षिक र खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रम भुपू बिद्यार्थी तथा चिन्तक सम्मान ,अक्षयकोष पुरस्कार प्रदान ,चन्दादाता अभिनन्दन ,अन्तर बिद्यालय कार्यक्रम गर्दै विद्यालयको वार्षिकोत्सव समारोह एवं अभिभावक दिवस सम्पन्न भएको हो।

वडाध्यक्ष केशव न्यौपानेको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा सम्वोधन गर्दै समायनुकूल वडाको शैक्षिक,भौतिक,आर्थिक, सामाजिक लगायतका विकास निर्माणका लागि आफ्नो टिम खटिईरहेको बताए। विद्यालयमा विद्यार्थी घट्दै गईरहेको अवस्थामा पनि अभिभावकलाई निराश नहुन आग्रहका साथ नयाँ शैक्षिक योजना र कार्यक्रम निर्माण गर्ने पनि उनले बताए। वडाको शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा लगायतका लगायतका विषयमा आफ्नो टिम योजनावद्ध रुपमा अघि बढिरहेको पनि वडाध्यक्ष न्यौपानेले बताए।
त्यसैगरी जिल्ला समन्वय समिति सदस्य शारदा गोदार साँखी, वडा नं ५ का अध्यक्ष ओमबिर गुरुङ, मंगला माविका अध्यक्ष लक्ष्मण बसौला, मंगला मावि शिक्षक/अभिभावक संघका अध्यक्ष सुर्यलाल श्रेष्ठ, मंगला मा वि का प्र अ विष्णुहरी बास्तोला, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीयसदस्य किसान संगीत, नागभैरव वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तलाल श्रेष्ठले शुभकामना व्यक्त गरे।

त्यसैगरी भैरवकाली माविका प्रधानाध्यपक हरिश्चन्द्र लम्साल, रामबालोदय आविका पूर्वप्रअ परशुराम न्यौपाने, संझना माविका प्रधानाध्यपक सन्तोष तिवारी, पूर्वप्रअ मेमबहादुर गुरुङ लगायतले पनि शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सुझाव दिए। कार्यक्रममा प्रधानाध्यापक बाबुराम साँखीले शैक्षिक प्रतिवेदन सहित चालुआवमा विद्यालयमा भएको ३५ लाख रुपैयाँ बराबरको आय-व्ययको विवरण प्रस्तुत गरे।

सो अवसरमा विद्यार्थी एवं शिक्षिकाहरुबाट नृत्य सँगसँगै स्थानीय समेत रहेका गायक प्रकाश थापाले सांगीतिक प्रस्तुति मार्फत् मनोरञ्जन प्रदान गरे। त्यस्तै विविध विद्यालयका विच मेमोरी टेष्ट प्रतियोगिता, अभिभावक महिला मेच घुमाई प्रतियोगिता लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको थियो। मेमोरी टेष्टमा रिस्ति विकास ईंग्लिस बोर्डिङ स्कूल सोतीपसल प्रथम, मंगला मावि सुर्यपाल द्वितिय, मालिका आधारभूत विद्यालय रम्घा तृतिय र वालविकास मावि तान्द्राङटक्सार सान्त्वना भए। त्यसैगरी अभिभावक महिला म्युजिकल चियर तर्फ कविता साँखी प्रथम, आईतीमाया नेपाली द्वितिय र अस्मिता साँखी तृतिय भए।

भुपू बिद्यार्थीबाट प्राप्त आर्थिक सहयोगमा जडान गरिएको ब्यवस्थित साउण्ड सिस्टम र टेण्टका बारेमा बताउँदै आर्थिक सहयोगमा जुट्ने भुपु बिद्यार्थी तथा शुभचिन्तक हरु लाई खादा तथा अबिर माला द्वारा सम्मान गरियो।

सो अवसरमा शैक्षिक गुणस्तरीयताका आधारमा शिक्षक सीता थापा, भौतिक प्रगतिका आधारमा शिक्षिका अर्चना अधिकारी पौडेल र रामकुमार श्रेष्ठ सम्मानित भएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका कान्छी मनमाया साँखीले स्वागत एवं शिक्षक रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरे।

प्रतिक्रिया दिनुहोस्