नेपालको गृह जिल्लामा ओलीलाई १०१ किलोको मालाले स्वागत



काठमाडौं।नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई रौतहटमा १०१ किलो मालाले स्वागत गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न रौतहट पुगेका अध्यक्ष ओलीलाइ गरुडामा १०१ किलो मालाले स्वागत गरिएको हो । अध्यक्ष ओलीले आजै जिल्ला अधिबेशनको उद्घाटन समेत गरेका छन्।

अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपालले गठबन्धनले लात्ती हानेपछी थाहा पाउने बताउंदै अर्को पटक चुनाब समेत नजित्ने दावी गरे।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि ४ जनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्