माओवादी केन्द्रले बोलायो स्थायी र केन्द्रीय समितिको बैठक



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति तथा आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाइएको नेकपा माओवादी केन्द्रले जनाएको छ!

दुबै बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताए । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।

मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्