संघीयताले मुलुकमा स्थायित्व दिन सकेन : उपेन्द्र यादव
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकको विकास, सुशासन र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन संविधान संशोधन गरेर अघि बढ्नु पर्ने बताएका छन्।

बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई सच्याएर नीति, नियम बनाएर अघि बढ्न सके मात्रा नागरिकहरुको हक अधिकार र विकासको सुनिश्चितता हुने बताए।
संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताउदैं उनले संघीय व्यवस्था असफल भएको टिप्पणी समेत गरे।संघीयता आएपनि देशमा बेथिति नहटेको बताउंदै उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको टिप्पणी गरे।
देशमा गणतन्त्र स्थापना भएको धेरै भएपनि सुशासन कायम हुन नसक्दा मुलुकको आर्थिक विकास हुन नसकिरहेको अध्यक्ष यादवले बताए । मुलुकलाई समृद्ध बनाउन र मुलुकमा देखिएको समस्याको अन्त्य गर्न जनताले पुनः संघर्ष गर्नुपर्ने अवस्था देखिएको उनले बताए । देशको आर्थिक स्तर खस्किँदै गइरहेकाले बन्द रहेको सबै उद्योगलाई चलाउने नीति बनाउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाको गुणस्तर उकास्न, बेरोजगारी हटाउन र गरिबी न्यूनीकरणका लागि सरकारले आवश्यक कदम चाल्नु पर्ने उनको भनाइ छ ।file foto

