पूर्ब राज्यमन्त्री बस्नेत अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं।नेकपा एमालेका नेता उत्तमकुमार बस्नेत नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

बस्नेतलाई संस्थाका अध्यक्ष महेश श्रेष्ठले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।संस्थाको बिधानको धारा ४ को दफा १३ को उपधारा १ बमोजिम बस्नेतलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ।

अर्बुद(क्यान्सर)रोग निवारणको क्षेत्रमा काम गर्दै आएको सो संस्थाको केन्द्रीय सदस्यमा मनोनीत बस्नेत कोशी प्रदेशका पूर्ब राज्यमन्त्री र प्रदेशसभा सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्