कांग्रेस नेता बुढाथोकीको निधन,झापास्थित कन्काईधाममा अन्यष्टी गरिने
काठमाडौ।पछिल्लो समय नेपाली कांग्रेसमा रहँदै आएका झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ ।

मृगौला सम्बन्धि बिरामी रहेका उनको विराटनगरस्थित विराट नर्सिङमा उपचारका क्रममा निधन भएको हो ।परिवारका अनुसार उनको पार्थिव शरीरलाई मंगलबार झापास्थित कन्काईधाममा अन्यष्टी गरिने छ ।
पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो-आफ्नो सगरमाथा’ प्रकाशित छ ।

