आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाले प्रतिस्पर्धा गर्दै (नामावली सहित)



काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा १४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक चयन गर्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै सो पदका लागि दरखास्त आह्वान गरेको थियो ।

निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएसंगै रिक्त सो पदका लागि आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् । 

मन्त्रालयले ०७५ यता निगममा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्दै आएको छ। निवेदन दिएकाहरूमाथि मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा बस्ने छनौट समितिले चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्