सल्लेरीस्थित नयाँ बजारलाई आधुनिक ढंगले ब्यबस्थित गर्ने कार्यमा जुट्यो सोलुदुधकुण्ड नगरपालिका



सोलुखुम्बु।सोलु दुधकुण्ड नगरपालिकाले सदरमुकाम सल्लेरीस्थित नयाँ बजार साप्ताहिक हाटलाई आधुनिक पूर्बाधार निर्माण गरी ब्यबस्थित बनाउने भएको छ।

सांढे दुई तले भवन निर्माणसंगै नयाँ बजार क्षेत्रलाई ढलान गरेर नगरपालिकाले यही आर्थिक बर्षभित्र शनिबार लाग्दै आएको सो साप्ताहिक हाटलाई ब्यबस्थित गर्न लागेको हो।बजार ब्यबस्थित गर्न पूर्बाधार निर्माणको आईतवार आयोजित कार्यक्रममा नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गरेका छन्।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, बजार व्यवस्थापन समितिका अध्यक्ष राजिव कायस्थ, नेपाली कांग्रेसकी नेतृ राधिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नयाँ बन्ने साँढे दुई तले भवनको भुँई तल्लामा तरकारी बजार, दोश्रो तलामा सामुदायिक हल र त्यो भन्दा माथि आधा भागमा रेष्टुरेन्ट रहने गरी भवन निर्माण गर्ने नगरपालिकाको तयारी रहेको नगरप्रमुख शेर्पाले जानकारी दिए।

नगर प्रमुख शेर्पाका अनुसार बजार ब्यबस्थित गर्नका लागि गत बर्षबाटै ढुंगा बिच्छ्याउने कार्यको थालनी गरिएको थियो भने दुई वटा शौचालय निर्माणको काम समेत सम्पन्न भइ सकेको छ।

यसबर्ष ढुंगा बिच्छ्याउने कार्य सम्पन्न गरि बजार क्षेत्रलाई ढलान सम्पन्न गर्न र भवन निर्माणका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको थियो।यस कार्यका लागि २ करोडको टेण्डर आव्हान गरिए पनि १ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको नगरप्रमुख शेर्पाको भनाई छ। उनका अनुसार ढलान र भवन निर्माण सम्पन्न भएपछि बजार क्षेत्र भित्र सीसी क्यामरा र बिजुली बत्ती जडान कार्य अघि बढाइने छ।

पुरानो र ऐतिहासिक भएपनि बजार ब्यबस्थित नहुंँदा ब्यापारी र अन्य सर्बसाधारणले ठुलो समस्या झेल्नुपरिरहेको बताउंदै शेर्पाले बजार ब्यस्थित हुंदा सरोकारवाला सबैलाई सुबिधा पुग्ने बताए।सदरमुकाममा रहेको यो हाट मुख्यत: कृषि बजार हो,नगर प्रमुख शेर्पाले भने-‘नेचासल्यान र थुलुङ दुधकोशीमा उत्पादित कृषि उपजहरुको बिक्रि केन्द्र भएकाले यो बजार ब्यबस्थित हुंँदा सल्लेरीबासी मात्रै नभएर सिंगो जिल्लाबासी लाभान्वित हुने छन्।

प्रतिक्रिया दिनुहोस्