खुला प्रतिस्पर्धाबाट मात्र स्थायी शिक्षक नियुक्त गर्नुपर्ने नेबिसंघको माग



काठमाडौं।नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले खुला प्रतिस्पर्धाबाट मात्र शिक्षकको नियुक्ति हुनुपर्ने बताएको छ।

संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्नो धारणा राख्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सरकारले राहत र अस्थायी शिक्षकलाई स्थायी गराउने गरी गरेको सम्झौता मान्य नहुने बताउँदै सो कुरा बताएका हुन्।

सरकारले अस्थायी र करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी सम्झौता गरेको थियो। उक्त सम्झौतापछि शिक्षकहरूको गुणस्तरमाथि प्रश्न उठ्ने भन्दै नेविसंघले सम्झौतामाथि प्रश्न उठाएको हो।शिक्षक पेसाप्रति आकर्षक घट्दो रूपमा रहेको भन्दै अध्यक्ष शेर्पाले शिक्षकलाई लोक सेवा समानको सेवा दिनुपर्ने बताए। file foto

प्रतिक्रिया दिनुहोस्