तपस्वी बमजनलाई थुनामा पठाउन अदालतको आदेश



सर्लाही। तपस्वी रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।अदालतमा बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

उनलाई बुधबार नै गाडीबाट सर्लाही लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्