दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने



काठमाडौं।रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ ।

उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको खबर आजको गोरखापत्रले प्रकाशित गरेको छ।

इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुुरु हुने र परीक्षा तीन चरणमा हुने छ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने जानकारी दिए । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने छ ।

प्रतिक्रिया दिनुहोस्