बुढानिलकण्ठबाट पक्राउ परे लिटिल बुद्ध



काठमाडाैं । लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुयायीहरू बेपत्ता पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बमजनलाई मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेकाे हाे ।

“विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो,”– प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले भने।

तपस्वीको भेषमा देशका विभिन्न ठाउँमा आश्रम खोल्दै आएका बम्जनमाथि अनुयायीहरूलाई बलात्कार र हिंसा गरी बेपत्ता पारेको आरोप लागेकाे छ ।

उनीविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्