चारवटै सिटका लागि बागमतीमा एमालेको उम्मेदवारी दर्ता
हेटौंडा।माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निवार्चनका लागि नेकपा एमालेका उम्मेदवारहरूले हेटौँडामा उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्। महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
चार सिट रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन्।

