५ बर्षीय बालिका बलात्कारको आरोपमा उदयपुरमा एक जना पक्राउ



उदयपुर।जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर रहेका छन् ।

मगरले ५ वर्षीया बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्