नम्रता उप्रेतीको पहिलो कृति’शस्यमञ्जरी’ बिमोचित
काठमाडौं।’हामी र हाम्रो कृति समूह’को दशौँ कृति मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” को बिमोचन गरिएको छ ।

कृतिकार नम्रता उप्रेतीको पहिलो उक्त कृति सामाजिक विकास समाजको हल अनामनगरमा शनिबार विमोचन गरिएको हो। कार्यक्रमको अध्यक्षता ‘हामी र हाम्रो कृति समूह’का संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो। वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकार्पित कृति “शस्यमञ्जरी” मुक्तकसङ्ग्रहको समीक्षा प्रा. डा गोविन्द मानसिंह कार्कीले गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा केसीको उपस्थिति रहेको थियो ।
समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको सो कार्यक्रममा झण्डै १५० जना साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो। सुभद्रा अधिकारीले स्वागत मन्तव्य र शुभकामना मन्तव्य वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा के. सी., सुनिल अधिकारी, र रूद्र अधिकारीले राख्नुभएको थियो।
उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु मध्यबाट, लब खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल ‘ नवशिला’ ,पूर्ण बहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाईँ, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार ‘सर्जक’ , रूद्र अधिकारी , गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा के. सी. शान्ति शर्मा, निलाञ्जला भारद्वाज, बिनोद खत्री आकास, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागी लगायतले लोकार्पित कृतिबाटै मुक्तक वाचन गर्नुभएको थियो ।

