सोताङ र महाकुलुङमा शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजनामा सोताङ र महाकुलुङ गाउँपालिकाको समन्वयमा शिक्षक हरुका लागि आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न भएको छ। सोताङका विद्यालयका ८ जना र महाकुलुङका ९ जना शिक्षक गरी १७ जना शिक्षकको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले जानकारी दिनुभयो।

सोताङ पब्लिक क्याम्पसमा संचालित कार्यक्रमको समापन सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले गर्नु भएको हो कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले कार्यक्रम महत्त्वपूर्ण भएकोले आगामी दिनमा पालिकाबाट समेत सहकार्य गरेर अन्य शिक्षकलाई समेत कार्यक्रममा समेट्ने बताउदै सिकेका कुरा व्यवहारमा लागुगर्न शिक्षकलाई आग्रह गर्नु भयो।
विद्यालयमा विभिन्न बालबालिकाहरु हुने र बालबालिकाहरुमा विभिन्न मानसिक समस्या हुन सक्ने भएकोले शिक्षकले बालबालिकाको मनोभावना बुझेर शिक्षण गर्न सहज होस् र आधारभूत मानसिक समस्या पहिचानमा सहयोग पुगोस् नहान्ने हेतुले तालिमको आयोजना गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो। योभन्दा अगाडी मात्र यही प्रकृतिको तालिम नेचासल्यान गाउँपालिकामा सम्पन्नभएको थियो। तालिमको सहजीकरण मनका कुरा सस्थाका प्रशिक्षक अन्जल भट्टले गर्नु भएको थियो।

