समाजबादी मोर्चा नेपाल सोलुखुम्बुको संयोजकमा राई
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत,जनता समाजबादी पार्टी र नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मीलित समाजबादी मोर्चा नेपालको सोलुखुम्बु जिल्ला समिति गठन गरिएको छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालको उपस्थितिमा बिहिवार गठित आठ सदस्यीय मोर्चाको संयोजकमा अशिम राई चयन हुनुभएको छ।
राई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजकका साथै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ।
समितिमा माओवादी केन्द्रबाटै नाम्गेल शेर्पा, नेकपा एसबाट दोर्जी जाङ्बु लामा र डिल्ली राई, जसपाबाट फुरी ग्याल्जेन शेर्पा र ल्हाक्पा छिरिङ विक, नेकपाबाट निमा शेर्पा नाम्गेल शेर्पा र पासाङ गुरुङ सदस्य रहनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता बरालले मुलुकमा प्राप्त उपलब्धीहरु संस्थागत गर्नका लागि समाजवादी मोर्चाको आवश्यक रहेको बताउंँदै सोलुखुम्बु जिल्लाको बिकास र समृद्धिका लागि नवगठित मोर्चाको जिल्ला समितिले महत्वपूर्ण भूमिका निर्बाह गर्ने आशा व्यक्त गर्नुभयो।
देशको आवश्यकता र नागरिकको अपेक्षा पूरा गर्न अग्रगामी शक्तिहरुबीच मोर्चाबन्दी आवश्यक रहेको बताउँदै नवगठित मोर्चाका जिल्ला संयोजक राईले संबिधानको भावनालाई आत्मासात गरेर अगाडी बढ्नु यसको मुख्य उद्देश्य रहेको बताउनुभयो।यसका लागि राजनीतिक अस्थिरताको अन्त्य प्रमुख सर्त रहेको वहाँको भनाई थियो।file foto

