सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो ४.६ म्याग्निच्युडको भुकम्प



केदार बस्नेत काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।

यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्