नेपालको पहिचान नष्ट गर्ने कुरा अस्वीकार्य बिषय
प्रमिला पाण्डे थापा 
धर्म कुनै जात बिशेष र समुदाय बिशेषको हुंदैन। यो सबैको साझा हुन्छ । त्यसैसंग जोडिएर आ-आफ्नो संस्कार,संस्कृति र परम्परा निर्माण हुन्छ। ।सदियौं देखि नेपालीहरुले हिन्दु धर्म मान्दै आएका छन्।आज पनि झण्डै ९४ प्रतिशत भन्दा बढी जनसंख्याले मान्ने भएका कारण हाम्रो देशको राष्ट्रिय धर्म हिन्दु हो ।

आस्था र बिश्वास कसैको जबर्जस्तीले हट्ने कुरा होइन। तर नेपाललाई पछिल्लो समय धर्मविहिन बनाउने कुरामा राजनीतिक दलहरू लागि परेका छन्।त्यसैको परिणामस्वरुप बर्तमान संबिधानमा जन आस्थाविरुद्ध जबर्जस्त धर्मनिरपेक्ष लेखिएको छ।
धर्म भन्ने बित्तिकै संस्कृति जोडिएर आउँछ।त्यो सबैलाई मान्य हुन्छ,कसैले नष्ट गर्न खोजेर सजिलै हुंदैन।बाह्य शक्तिको इशारामा दलहरूले लिपिबद्द गरेको धर्मनिरपेक्षता नेपाली जनतालाई धोका हो। राजनीतिक दल र तिनका नेता हरुले लोकतन्त्रका नाममा जनताको अधिकार खोस्ने दुस्साहस गर्नु लज्जाको बिषय हो।
हिन्दु धर्मावलम्बीहरुले सबै धर्मलाइ समान रूपले हेर्ने गरेका छन। चाहे त्यो बुद्ध धर्म,इसाई,मुस्लिम सिखधर्म,क्रिश्चियन धर्म किन नहोस् सबै धर्म सबैले अंगालेका नै हुन्छन् तर सबै देशको आफ्नो राष्ट्रिय धर्म हुन्छ त्यो धर्म लाई सबैले मानेका नै हुन्छन्। त्यसैले हाम्रो देशको एकमात्र राष्ट्रिय धर्म हिन्दु हो।नेताहरुमा धर्म सम्बन्धि ज्ञानको अभाव र देशको पहिचानको सम्मान गर्न नजान्दा अहिलेको परिणाम उत्पन्न भएको हो।
छिमेकी राष्ट्र भारतले पनि नेपाल एक हिन्दु राष्ट्र हो भन्ने तथ्य स्वीकार गरिरहेको छ। यो कुराले जबर्जस्त हिन्दु राष्ट्रको पहिचान हटाइएको कसैलाइ पनि मान्य छैन भन्ने पुष्टि गर्दछ। त्यसकारण संसारमै एक पहिचान भएको हिन्दु राष्ट्र नेपाललाई सम्मान स्वरुप पुनर्स्थापित गरौं र देशको राष्ट्रिय पहिचान नगुमाऔ।
– बत्तिसपुतली,धोबिखोला

