शिथिल अर्थतन्त्रमा मन्दिपछिको पुनरुत्थान
प्रकाश गाउँले

विश्व अर्थिक इतिहासको खोज र अध्ययनको मुख्य उद्देश्य मानव समुदायको विगतको आर्थिक अबस्था कस्तो थियो र कसरी वर्तमान अवस्थासम्म आइपुगेको होला भन्ने कैतुहलता हुनु स्वभाविक हो । अर्थप्रणाली वा अर्थव्यावस्थाको संरचना हेर्दा प्राचिन समुदाय हुदै घुमन्ते शिकारी अवस्थाबाटनै सुरु भएको मानिन्छ । त्यो बेला जब प्राकृतिक वातावरणमा परनिर्भर रहुन्जेल खासै मावन समुदायमा आर्थिक प्रणालिको निर्माण हुन सकेको देखिदैन । जब प्राकृतिक वातावरणको अभाव र न्युन स्थिती हुन थाल्यो घुमन्तेह? पनि रैथानेकरण हुदै अत्याधिक भुमिको उपयोगिताबाट वितरण प्रकियामा समेल हुदै मावन जातिको अर्थिक तथा सामाजिक सभ्यता र विकासको यात्रा निरन्तर अघि बढदै गइरहेको पाईन्छ ।

जब व्यापारमा विविधिकरण र अतयाधिक बिस्तार हुदै जानथाल्यो मावन जातीहरुमा पनि वैज्ञानिक सोच र बिचारहरुको बिकास हुदै जानथाल्यो । विश्वबजार व्यापारको चक्रिय घेराबन्दिमा पर्दै जान थाले । व्यापारमा प्रवेश गर्नेहरुको जमातमा वृद्धिहुदै जान थाल्यो,व्यापारिक घरनाहरुको स्थापनामा जोड दिन थाल्यो,लगानी गर्नेहरुको भिड देखा पर्न थाल्यो । व्यापारिक अवसरहरुको अत्याधिक सदुपयोग गर्ने तिर सबै लागे । वास्तवमा सुको लगानी गर्नेहरु व्यापार व्याबसायबाट निकै फलदायी हुँदै गए तर झनझन लगानी वृद्धि तर्फ उन्मुख हुदै जादा खासमा व्यापार चक्र के हो र कसरी निरन्चर चलिहरन्छ भन्ने तर्फ कम ध्यान जादा व्यापारमा सधै नाफामात्र नभएर मन्दिको पनि सिर्जना हुँन्छ भन्ने ज्ञानमा कमि हुदा आज यो विशम मन्दीको चपेटामा परिरहेको हामि देख्न सकिन्छ ।
हामिले बजारमा प्रवेश गरिसकेपछि वास्तविक जिडिपी र वास्तविक समयलाई चिन्न सकिएन भने बजार सँधै पिक अबस्थामा नरहन पनि सक्छ । सुरुको लगानी प्राय सबैको पिक अबस्थामानै रहन्छ,कोही कसैले पनि सधै पिक अबस्थालाई निरन्तरता दिइरहन सक्दैन देश भित्र तथा बाहिर प्रतिकुल अवस्थाहरुको पनि सिर्जनाका कारण बजारहरु मन्दिको चरणमा प्रवेश गर्ने गरेका छन ।
हाल नेपालको अबस्थामा हेर्ने हो भने एक्कासी कसरी मन्दिको अवस्था सिजर्ना भयो भन्ने विषयमा चर्चापरिचर्चा गर्ने आवश्यक देखिन्छ ।हामी झण्डै विगत २ वर्षदेखि कोभिड महमारिको प्रभावमा रहेका छौ। हामि मात्र नभइ विश्वले नै यो कोभिडको प्रभाव खेप्नुपरेको छ । कोभिडका कारण विश्व अर्थतन्त्रमा देखा परेको मन्दिले अर्थतन्त्रमाथि कसिलो प्रभाव पारेको छ । कोभिडले थला पारेको अर्थतन्त्रमा सरकार जनताका बचाउन भ्याक्सिन खरिदमै अर्बै रकमको लगानिका कारण पनि बजारमा मनि सप्लाई कम भई नेपालको बजारहरुमा पनि मन्दिको अवस्था सिर्जना हुन पुग्यो । महामारिको अबस्थामा व्याजदरको वृद्धि झण्डै १४ प्रतिशत हारारारिमा पुरेका कारण पनि व्यापारिक घरनाहरुमा निराशता छाएको पाईन्छ । महामारिका बिच पनि सरकाले ल्याएको नीति तथा कार्यक्रमले प्रभावित भएको अर्थतन्त्रमा केहि सुधार हुने संकेत देखा परेता पनि सरकारले पुजीगत खर्चमा कम कार्यान्वयनका कारण पनि थप अर्थतन्त्र संकटमा नै रहन गयो ।
अर्का तर्फ विश्व अर्थतन्त्रमा देखा परेको रुस युक्रेन युद्धले पनि अर्थतन्त्र समस्यामा गुज्रीएको देदिन्छ । युद्धको प्रभाव व्यापारिक क्षेत्रमा नेपालमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । आयातित हुने वस्तुहरुमा झण्डै १०० प्रतिशतले वृद्धिहुदा नेपालको अर्थतन्त्रमा त्यसको प्रभाव गहिरो पर्ने गयो । डिजेल पेट्रोलको लगायत अन्य आयातित वस्तुको मुल्य वृद्धिका कारण पनि मन्दि वृद्धि तर्फ उन्मुख भएको देखिन्छ । चालु आर्थिक वर्षमा सरकारका प्राय सबै सुचकहरु हेर्दा नकारात्मक नै देखिन्छन । सरकाले आंकलन गरेको राजस्व संकलनमा पनि ६० प्रतिशत पनी राजस्व संकलन हुन नसके पछि सरकाले बजेटको आकारमा झण्डै एक खर्ब हाराहारी घटाएर बजेटको घोषणा गरेको छ कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखा परेको महामारी तथा युद्धको कारणनै हो । जब सरकारले केही बस्तुहरुमा आयात प्रतिबन्ध लगाएर आफै आत्मानिर्भर बन्ने अवधारण ल्याउदा देशभित्रको उत्पादित वस्तुले केहि महिना मात्र धान्न सक्ने भएका कारण पनि देशको अर्थतन्त्र झनै विकराल अबस्थामा पुग्न गयो । आयातमा गरिएको प्रतिवन्धका कारण सरकाले अपेक्षा गरेजती रावस्व संकलन पनि गर्ने सकेको देखिएन जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको देखिन्छ । जब रावस्व संकलनले देशको चालु खर्चनै धान्न नसक्ने स्थीति देखा पर्नु भनेको हामी कति मन्दिको मारमा रहेछौ भन्ने अनुमान आफै गर्ने सकिन्छ । यँहा आयातलाई व्यवस्थित गर्दै हामिले निर्यातलाई प्रर्वद्धनात्मक कार्यक्रमहरु ल्याउने बेलामा र्आिर्थक महामारिको समयमा आयात ठप्प पर्ने अबधारणाबाट पनि आर्थिक संकटमा गुर्जीने अबस्था बन्यो । आयात निर्यातलाई सन्तुलनको ?पमा बिकास गर्दै व्यालेन्स अफ पेमेन्ट पनि सन्तुलनमा राख्नुपर्नेमा त्यस्तो रहेन जसले गर्दा पनि र्आिर्थक संकट निम्तीदै गयो । अनावश्यक आयात र अनियन्त्रीत आयातलाई रोकेर अत्यावश्यक वस्तुको आयात गर्दै निर्यातलाई बढावा दिन सकेको भए अर्थतन्त्र समस्यामा आउने थिएन, न यहा अनियन्त्रीत आयात नै घटयो न त निर्यात नै बढयो केवल आयात पनि घटन गयो निर्यात पनि घटयो ।
थला परेको अर्थतन्त्रलाई सुधारउन्मुख बनाउन मैद्रिक नितिले पनि केही खास विषयह?मा समेटनु पर्ने थियो विगतका मैद्रिक नीति त्यस्तो रहेनन्। उधोग धन्दा, घरजग्गा व्याबसायलाई चलायमान बनाउने निति लिनुपथ्र्यो त्यस्तो पनि रहेन। विकास निर्माणका क्षेत्र तहसनहस रुपमा रहेका छन । निर्माण क्षेत्रमा लगानी गर्नेहरु समस्याग्रसत अवस्थामा रहको छन्। लामो समयदेखि रोकिएको घरजग्गाको कित्ताकाट तथा विक्रीवितरणमा सहजता नहुदा पनि राजस्वमा संकुचनको अबस्था आयो । यी यस्ता विषयमा सरकार र नेपाल राष्ट्र बैंकले ध्यान नदिँदा नेपालको अर्थतन्त्र संकटको बाटोमा देखिन्छ ।
सरकारले नेपालको शेयर बजारमाथि ल्याएको नितिले पनि अर्थतन्त्र थप धरायसी बन्न पुग्यो । हाल नेपालमा शेयर बजार मुलुकको अर्थतन्त्रको ऐना नै हो किनभने शेयर बजारमा शेयर सुचकह? बलियो हुदा अर्थतन्त्रमा पनि सुधार हुने देखियो । नेपालमा भने एक वर्ष यता पचास प्रतिशत बजार घटदो दरमा रहेको देखिन्छ । यो प्रतिशतमा बजारमा गिरावट आउनु भनेको हामी कति सम्वृद्धिमा छौ कि मन्दीतर्फ स्पस्ट देखिन्छ । सरकाले ल्याएको आर्थिक नीति र मैद्रिक नीति बिचमा तालमेलको वातावरण नमिल्दा शेयर बजारमा प्रतिकुल असर पर्ने गयो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबिचमा भएको टकरावका कारण पनि आज देश यो स्थिीतिमा पुग्न गयो। राष्ट्र बैंकको कसिलो मैद्रीक नीतिका कारण आज बजार सिकिस्त देखिन्छ । चल्नै र थेग्नै नसक्ने नीतिहरुका कारण पनि अर्थतन्त्र कमजोर हुन्छ । जसका कारण न्युन उत्पादकत्व,न्युन रोजगारी,न्युन पुजीगत खर्च,बढदो व्यापार खाटा,बढदो राष्ट्रको क्रण र भद्रगोल वित्तिय क्षेत्र जस्ता समस्याहरु देखा पर्दैैै जान्छन ।
आज अर्थतन्त्र यो अवस्थामा पुग्नमा बैंकहरुको पनि हात छ, किनभने ठुला व्याबसायिक घरानाहरुलाई बिना धितो आँखा चिम्लेर क्रण प्रवाहा गर्दाका कारण पनि आज देशमा यो संकट आयो । निष्क्रिय कर्जामा भएको वृद्धि देख्दा आज बैंकहरुमा पनि प्रोभिजनका लागि ठुलै रकम छुटायाउनु पर्ने देखिन्छ जसका कारण बैंकमा लेण्डिङमा कमी भई नाफामा कमि हुदै वितरणयोगय नाफामा पनि कमि आउँछ । नाफामा कमि हुदै जादा सरकाले प्राप्त गर्ने राजश्वमा पनि कमि हुन जान्छ, साथै लगानीकर्ताहरुको नाफामा कमि हुन जान्छ । राजश्वमा कमि हुनु भनेको अर्थतन्त्र घाटामा वा मन्दिमा छ भन्न सकिन्छ । सिङगल डिजिटको व्याजदर आज डबल डिजिटमा व्यापारिक घरनाहरुले थेग्न नसक्ने भएका कारण आज निष्किृय कर्जामा गत वर्षको अनुपातमा तिनगुणा वृद्धि भएको छ । कोभिड महामारी पश्चात व्याजदर बढेर १३ प्रतिशत भन्दा माथी पुग्न गयो,व्याजदरमा वृद्धि हुदा यता उधोगधन्दाहरुमा माग छैन,बजारमा व्यापार छैन,व्यापारी सटर बन्द गर्दै पलायन भइरहेका देखिन्छन। कोभिडदेखी सूस्ताएको अर्ततन्त्रमा आर्थिक क्रियाकलाप बढन नकस्दा बैंकह?को खराब कर्जा बढेर गएको देखिन्छ । जसका कारण नाफामा कमि हुदै थप नयाँ कर्जा मागमा पनि समस्या देखापरेको छ ।
देशभित्र बजेटको सफल कार्यान्वयन हुन नसक्नु,सरकारले गर्ने फजुल खर्चमा नियन्त्रण गर्ने नसक्नु,वैदेशकि क्रणको भरमा अनाव्श्यक खर्च गर्ने प्रवृतिले पनि आज देश मन्दिको गतिमा देखिन्छ ।यस संगसंगै हरेक समस्याहरुको मात्र चाङ लगाएर बसियो भने समाधानको निकास निकाल्न सकिदैन त्यसकारण सरकाले आगामी वर्षको नीति तथा कार्यत्रम तर्जुमा गर्दानै मन्दितर्फ लम्किरहेको नेपालको अर्थतन्त्रलाई उकास्न केही नविन तर्जुमा गर्न जरुरी देखिन्छ । आगामी बजेटको कार्यदिशा भनेको बजेट वितरणमुखी नभइ उत्पादनमुखी हुनुपर्छ । बजेट भनाइमा कनिका छरेजस्तो नछरी वास्तविक लक्ष्य समेटिने खालको तयार गर्ने आवाश्यक छ । विनियोजित बजेटको कार्यान्वयन गर्न निश्चित योजना बनाउन पनि आवाश्यक देखिन्छ ।
बजेटको सहज कार्यान्वयन भएमा देशमा तरलताको अभाव पनि हुदैन । अर्थतन्त्रका सुचकहरु पनि सकारात्मक देखिन्छन,साथै देशको फजुल खर्चमा कमि गर्नेले मन्दि आफै नियन्त्रण हुन सक्छ । आयातित बस्तुहमा कडाई गर्दै नआवश्यक र अत्यावश्यक बस्तुहरुको पहिचान गरि आवाश्यक कर र करको दायरामा हेरफेर पनि गर्नुपर्ने देखिन्छ । अनावश्यक वस्तुहरुको आयातमै प्रतिबन्ध लगाउने खालको नीति बन्न पनि आावश्यक देखिन्छ । सरकारको तर्फबाट बजेटले लिएका आर्थिक वृद्धिको लक्ष्यलाई आर्थिक तथा मैद्रिक नीतिले समेटेर लान सक्ने खालको पनि हुनुपर्दछ । हामिले लक्षयलाई मिट गर्ने नसक्ने खालको वितरण मुखी बजेटका कारण पनि आज यो मन्दिको सिर्जना आएको हो । यस्ता विबिध कारणहरु सरकारका आँखै अगाडी रहदा रहदै पनि सरकारले उचित नीतिहरुको अवलम्वन गर्ने आवाश्यक देखिन्छ ।
देशको अर्थतन्त्र टाठ पल्टिनुमा देशको अस्थिर राजनैतिक कारण पनि रहन जान्छ । बहुमत समतिको सरकार नहुनु,गठबन्धनको भरमा सरकार सन्चालन हुनु,सरकारमा नितिगत भ्रष्टाचारले डाडो काटनु,राजनैतिक दलहरुले आफना व्यापारिक घरानाहरु कब्जा गर्दै जानु,सिमित व्याबसायिक व्याक्तिहरुलाई पक्षपोषण गर्दैै जानु,दैनिकी जस्तै आन्दोलनका घोषणहरु,बजारहरु बन्द,चक्काजाम,बिद्रोह, आजको अर्थतन्त्रको चरम समस्या देखिएको छ । यी र यस्ता प्रणालीह?को अन्तय हुदैन भने र नेत्तृत्वमा बसेर निति निर्माण आफनो अनुकुलमा बनेपछि अर्थतन्त्र धरासायी नभइ के दरिलो हुन्छ त ? कारण यस्तै यस्तै हुन । अर्थतन्त्र दरिलो बनाउन पहिलो प्राथामिकता स्थाई सरकार नै हो। आर्थिक गतिविधीलाई चलायमान बनाउन सक्ने नीतिह?को तर्जुमा गर्नुनै आजको आवाश्यकता हो जहाबाट देशको राजनैतिक तरलताको अन्त्य होस । तत्कालै मात्र एनसेलको आजिआटा कम्पनी तिस हजार करोड घाटामारहेको देखाउदै बाहिरिने घोषणा गर्दै शेयर बेचेर बाहिरिएको छ । यी सबैको कारण अस्थिर राजनैतिकका कारण हो । किनकी नेपालमा बाहीरी लगानीकर्ताको लागी अनुकुल वातावरण सिर्जना हुन सकेन । दिर्घकालिन लगानीको वातावरण सिर्जना गर्ने र व्यबसायको विस्तारका लागी भित्रिएका कम्पनीहरु आज शेयर बिक्रीमा राखेर बाहिरिने वातावरण बन्न पुग्यो नेपाल ।
देशलाई सम्वृद्धि बनाउन देशभित्र भएको आन्तरिक स्रोत्र तथा साधनहरुको उत्पादनसंग जोडेर सप्लाईमा वृद्धि गर्नु आवाश्यक छ । जहाँ हिमालको पानीलाई ब्राण्डिङ गरेर अन्तराष्ट्रियकरण गर्ने वातावरण मिलाउन सके,आईसिटि इनोभेसन सम्बन्धी सफटोयर उधोगको निर्माण ध्यान दिने हो भने,खाध प्रयोगशालाहरुको निर्माणमा लगानी गरेर बाहय लगानीकर्ताह?लाई आर्कषित गर्ने सक्ने हो भने, आईसिटी हबह?को निर्माण गरेर विदेशका आइसिटि कम्पनीहरुलाई आर्कषित गर्ने हो भने,जडिबुटी उधोगमा लगानी गर्ने र अैषधिको कच्चापर्दाथको रुपमा सप्लाई गर्ने सक्ने हो भने नेपालको अर्थतन्त्रमा मन्दि छाउने थिएन । देशभित्रका नलेज इन्ड्रष्टिमा लगानी गरेर अनुशन्धान केन्द्रहरुमा लगनी गरेर देशलाई आत्मानिर्भता तिर अग्रसर गर्ने हो भनके किन मन्दि मन्दि भन्न आवाश्यक छ र ? सरकारको लगानी अनुशन्धान तथा नवप्रर्वदनका क्षेत्रमा नभई कनिका छरे जस्तो बजेटको दु?पयोगका कारण पनि आज हामी दरिलो अर्थतन्त्र निर्माणमा पछि परेका छौ ।
बाह्य क्षेत्र संग सुधार भईहरदा आन्तरीक अर्थतन्त्र सुधारको विषयलाई प्रथामिकतामा राखी अघि बढनु पर्ने बेला आएको छ । उच्च व्याजदर,घट्दोमाग, पूजीँबजार र घरजग्गामा छाएको मन्दी लगायतका मसस्याहरु निजी क्षेत्रले उठान गरिरहेको छ । निजी क्षेत्र संगै सरकाले चालेको कदम र प्रयासका कारण व्याजदर घटदो त्रममा छ जसले गर्दा आन्तरीक तथा बाह्य लगानी बढने अपेक्षा गर्ने सकिनन्छ । सरकारले निजीक्षेत्र मैत्री नीति तथा उपायहरु कार्यान्वयनमा ध्यान दिन आवाश्यक छ ।
समग्र अर्थतन्त्र नर्मिाणका लागि मारतसंगको आर्थिक सम्बन्धलाई जती बलियो बनाउन सकियो नेपाल उतीनै सम्वृद्धिको संभावना देखिन्छ । नेपालको सबैभन्दा लामो र खुल्ला सिमाना रहेको भारतसंग नपालको आर्थिक, सामाजिक हुदै पव्लिकमा पनि निकै गरिहो संबन्ध रहेको छ । बेलाबेला मुलुकबिचको संबन्धमा चिसोपना आएपनि सौहार्दपुर्ण सम्बन्ध पहिले देखिनै रही आएको पाईन्छ । छिमेकी मुलुकभारत प्राचिनदेखीनै सबैभन्दा ठुलो व्यापारिक साझेदारी मात्र नभई रोजगारिको गतिलो गन्तव्य पनि हो । त्यसकारण पनि छिमेकी मुलुक भएसंगै सबैभन्दा ठुलो अर्थतन्त्रको जिम्मेवारी बोकेको भारतसंग नेपालले आर्थिक मामलामा कुटनैतिक,बैचारिक,व्यापारिक भुमिकानिर्वाह गर्दै आयात निर्यातलाई चलायमान बनाउन आावश्यक देखिन्छ ।
अन्ततःदरिलो अर्थतन्त्र निर्माणका निम्ति र रोजगारी सिर्जनाका लागि अमेरिका,बेलायत,फ्रान्स,जर्मन,चिन,जापान,दक्षिण कोरिया,मलेसिया,सिङगापुर र इजरायललाई हेर्ने र त्यहाको ५० वर्ष भित्रमा भएका विकसित विकासको मोडेलह?को गहन र समारिक अध्ययन र बिमर्स गर्ने हो भने आर्थिक विकास र रोजगारिका अबसरमा सहयोग पुग्ने थियो । अर्का कुरा खुल्ला द्धारनीतिको अबधारणाका साथ विदेशी लगानीकर्ताहरुलाई बाटो खुल्ला गरेर आधुनिक टेक्नोलोजी सहित लगानी भित्राउने पहल गर्ने आवाश्यक छ ।यसैगरि दोस्रो विश्वयुद्ध पश्चात उदाएको इजरायलको आर्थिक विकास हेर्दा मरुभुमीलाई हराभरा बनाएर सुरु गरेको कृषि लगायत अन्य उधोगहरुको विकसित रुप हेर्दा र नेपालीहरुलाई सिर्जना गरेको रोजगारको डाटा हेरेर पनि अब देशको सिथिल अर्थतन्त्रको अध्ययन अनुसन्धान मन्दी उन्मुख हुन आवाश्यक छ । साथै क्षेत्रफलको हिसावमा झण्डै काठमाण्डौ उपत्यका जत्रो सिङगापुरको आजको आर्थिक सुचकहरु हेर्दा अचम्मित हुनु स्वभाविक हो। कारण स्थायी र सफल राजनैतिक नेतृत्व,भ्रष्टाचारको न्यूनीकरण र अर्थतन्त्रको विकासका लागी अनुशन्धान र नवप्रवर्तनलाई दिइएको उच्च प्राथामिकता नै त्यहांको अर्थतन्त्रमा प्रधानता रहन गयो । त्यस्तैदक्षिण कोरिया देशको पुरै बजेटको ४ प्रतिशत भन्दा माथि देशको विकासका लागी रिसर्च एण्ड डेभलोपमेण्टमा खर्च गर्ने गर्दछन भने मलेसिया सिङगापुरमा पनि रिसर्चमा राम्रै खर्च गर्ने गरेको पाइन्छ । यी यस्ता अन्य देशहरुको उदाहरणीय कार्य देखेर पनि आफनो देशेका अस्तित्वको लागि र सफल अर्थतन्त्रको परिकल्पना गर्नेको लागि केही उत्तरआधुनिक सोचहरुको बिकास गर्दै फडको मार्नुको विकल्प छैन ।
साथै भर्खरै गत शुत्रबार आयोजित चालु आर्थिक वर्षको समिक्षा मैद्रिक नीतिले अर्थतन्त्रको गाठोलाई केही फुकाउँने केही संकल्प गरेको देखिन्छ जहाँ बैंकहरुमा भएको निक्षेप कर्जालगानीमा जान नसकिरहेको बेला कर्जा विस्तारमा केही दवाब पुग्ने गरि नीतिगत बैंकका दरहरु घटाएको देखिन्छ भने रियल स्टेट कर्जा र सेयर धितो कर्जामा राख्नुपर्ने जोखिम भरमा पनि केही कमी गरेको छ । जोखिम भारमा भएको कमिले विभिन्न क्षेत्रमा कर्जा लगानी गर्ने केही सहज हुने पनि देखिन्छ । केही महिनादेखी ठप्प रहेको आन्तरिक रेमिटयान्स खुलाउनेबारे पनि राष्ट्रबैंकले तयारी गरिरहेको भनिएको छ । अन्य विभिन्न पक्षहरुमा नीतिले लचकता लिएको देखिन्छ । गभर्नरका अनुसार विधमान मुद्रास्फिीति र मन्दिलाई प्रभाव पार्ने पक्षहरुको गहन विष्लेषण गर्दै देशको शोधनान्तर स्थिति र निजी क्षेत्रमा भइरहेको बैंक कर्जाको वृद्धिदरलाई मध्यनजर गर्दै गरिएको समिक्षा नीति केही प्रभावकारी हुने देखिनुका साथै देशको मन्दिउन्मुख अर्थतन्त्रलाई पनि केही चलायमान बनाउने अपेक्षा गर्ने सकिन्छ ।

