पूर्बराजा ज्ञानेन्द्रद्वारा बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण,स्थानीयद्वारा भब्य स्वागत



झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ।

पूर्वराजा शाहले झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक शनिबार दिउँसो अनावरण गर्नुभएको हो। सो कार्यक्रमका लागि पूर्बराजा शाह शुक्रबार नै झापा पुग्नुभएको थियो।

कार्यक्रममा उपस्थित हुंदा ठुलो संख्यामा उपस्थित स्थानीयले पूर्बराजाको भब्य स्वागत गरेका थिए। मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर वहाँलाई बिर्तामोडसम्म ल्याइएको थियो।

बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्