प्रधानमन्त्री प्रचण्डका अभिव्यक्तिप्रति कांग्रेस नेता कोइरालाको असन्तुष्टी



मोरङ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार विराटनगरमा शंकर खरेलको लघुकथा ‘तृप्यन्ताम’ विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकको प्रधानमन्त्रीबाट अराजक अभिव्यक्ति आइरहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘विराटनगरमा आएर प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भन्छु भयो। त्यसपछि सुर्खेतमा पुगेर डेढ लाख नागरिक सडकमा उतार्ने कुरा गर्नुभयो। उहाँ के भन्दै हुनुहुन्छ? उहाँ अभिव्यक्तिलाई सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ। डेढ लाख जनता किन सडकमा उतार्नु पर्ने? मैले बुझिनँ।’

यस्तै, उनले एमालेलाई कोशीमा सहमतिमा सरकार बनाउन आग्रह गरे। उनले भने,’सहमतिमा सरकार बनाएर निकास दिनुपर्छ। सहमतिको कुरो अहिले पनि बिग्रिएको छैन।’
file foto

प्रतिक्रिया दिनुहोस्