प्रहरीले गोलि चलाउंंदा दुई ‘डाका’ घाइते



जनकपुरधाम। प्रहरीलेचलाएको गोलि लागेर महोत्तरीमा दुई डाका घाइते भएका छन्। डकैती आरोपमा पक्राउ परेका सर्लाहीको लालबन्दी नगरपालिका- २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवान भाग्न खोजेपछि प्रहरीले उनीहरूमाथि गोलि प्रहार गरेको थियो।

गोली लाग्दा दुवै अभियुक्तको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ । दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको हो । दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार कार्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैती घटनामा संलग्न ती दुई जनालाई रौटहटको गरुडा नगरपालिका ४ पानी ट्याङकी स्थितमा मंगलबार मध्याह्न ३ बजे नियन्त्रणमा लिइएको हो ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान ४ समेत बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई महोत्तरीतर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका ५ सम्म राति १० बजे पुर्‍याएपछि पुन: महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तीलाई सुरक्षाकर्मीले हाल्न खोज्दा गाडीबाट हामफाली भाग्न खोजेका थिए ।

प्रवक्ता गिरीले आफ्नो कमाण्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली फायर गर्दा दुवै जनाको बाया खुट्टाको तिघ्रामा गोली लागेको जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम उनीहरूलाई सजाय हुने प्रवक्ता गिरीले बताए ।

गोली लागेका दुवै जनाले गत कार्तिक २० गते बिहान करिब अढाई बजेको समया जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरूको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हातहतियारसहित घरमा प्रवेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी रुशैलदेवी चौधरी भान्सा कोठामा लगि बन्द गरी दिएको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी घाइते बनाएको र शैल देवीको काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्