भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्दै एमाले



काठमाडौँ।नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मंसिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौँ अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो।

करोडौँ मूल्य बराबरको श्रमदान गर्ने गरी उनीहरुलाई परिचालन गर्न लागिएको जनाइएको छ। सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिए।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ। राहत वितरणमा राजनीतिककरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको छ।

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्