दाताले गरे टाक्सिन्दुका दुई विद्यालयको निरीक्षण



दिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा न १ का दुई विद्यालय सरस्वती आधारभुत र टाक्सिन्दु माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेको आइसल्याण्ड निवासी मुटुरोग विशेषज्ञ डा.थोमस गुडप्याक्सन र टैबुक निवासी समाजसेवी दण्डी शेर्पाले दुई बिद्यालयको स्थलगत निरीक्षण गरेका छन्।

टाक्सिन्दु माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बिगत बर्षमा विद्यालय पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गर्दै आइरहन्नु भएको थियो। आइसल्याण्ड निवासी डा.डा.थोमस गुडप्याक्सन सोलुखुम्बुको बिभिन्नन्न क्षेत्रमा भ्रमण गर्दै यस क्षेत्रमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

टैबुक निवासी देण्डि शेर्पाले टाक्सिन्दुका बालबालिकाहरुलाई शैक्षिक तथा आर्थिक सहयोग गर्दै आइरहेका थिए। थियो।उनले टाक्सिन्दु माद्यामिक बिद्यालयका शिक्षकलाई पोसाक र विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गर्नु भएको हो। साथै सेन्डुप थार्लिङ गुम्बा टाक्सिन्दुमा समेत पोशाक वितरण गर्नु भएको हो ।

स्थलगत निरीक्षण गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने डा.डा.थोमस गुडप्याक्सले नगरपालिकाको फुलेलि, नुन्थला र टाक्सिन्दुको कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्