खोटाङमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरेर चिर्पट प्रहार ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमानलाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीको भनाइ छ ।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहोस्