पाकिस्तान-नेपाल मैत्री महोत्सव सम्पन्न



भक्तपुर ।सेन्टर फर एशियन स्टडिज र महाकाली डान्स काउन्सिलले आयोजना गरेको पाकिस्तान नेपाल मैत्री महोत्सव सम्पन्न भएको छ।

पाकिस्तानी दूतावासको सहकार्यमा बुधबारदेखि सुरु महोत्सव आज सम्पन्न भएको हो।

तीन दिने सो महोत्सवमा ३० विद्यालयका सात सय भन्दा बढी विद्यार्थीहरुले निबन्ध लेखन, हस्तलेखन, चित्रकला प्रतियोगिता र सांस्कृतिक नृत्यमा सहभागी भएका थिए।

सहभागी भएर विभिन्न बिधामा बिजयी विद्यार्थीहरुलाई समापन समारोहमा प्रमुख अतिथि पाकिस्तानका कार्यवाहक राजदूत उमैर अली र विशेष अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्