प्रधानमन्त्रीले गलत बोल्दा प्रश्न उठाउनु स्वभाविक : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन्।

आफुलाई प्रधानमन्त्री बनाउन ब्यबसायी पृतम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रचण्ड अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको भन्दै नेकपा एमाले लगायत प्रतिपक्षी दलहरुले बिरोध जनाईरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत त्यसलाई बिपक्षीको धर्म भएको प्रतिक्रिया दिएका छन् । के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको उनको टिप्पणी छ।

‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’उनले सामाजिक सञ्जालमा भनेका छन्, प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’

उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्