बाढीपहिरो पीडितहरुका लागि तत्काल आवश्यक ब्यबस्था मिलाउन सांसद भट्टराईको माग
काठमाडौ।नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले मनसुनजन्य प्रकोपका कारण बिपत्तिमा परेका ताप्लेजुङ लगायत पूर्बी पहाडका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै भट्टराईले ताप्लेजुङ,पांचथर र संखुवासभा जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकी बस्तुहरूको व्यवस्थापन गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे।
बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
३२ जेठ देखि आएको अविरल बर्षाका कारण आएको बाढीपहिरोमा परी ताप्लेजुङमा ६,पांचथरमा ६ र संखुवासभासभामा २४ जनाको मृत्यु भएको जानकारी समेत संसद बैठकलाई गराएका थिए।file foto

