फेरि खुल्यो ललिता निबासको फाईल,भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच पक्राउ
काठमाडौं।ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार यसअघि आजै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम छन् । उनीहरूलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।
२०४९ साल २०६६ सम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा रहँदा उनीहरूले राजनीतिक, प्रशासनिक, व्यापारिक र भुमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

