पाकिस्तानी राजदूतावासद्वारा गोदावरीमा नि:शुल्क चिकित्सा शिविरको आयोजना



काठमाडौं।पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (NPFCA) को सहकार्यमा ललितपुरको गोदावरी वडा नं-३ किटिनीस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा १८ औं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शनिबार आयोजित नि:शुल्क चिकित्सा शिविरको पाकिस्तानका चार्ज डी अफेयर्स (a.i.) डा. उमैर अली,नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (NPFCA)का अध्यक्ष मञ्जु रत्न शाक्य र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन राज घिमिरेले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

शिबिरमा पाकिस्तानका विभिन्न मेडिकल संस्थानहरूबाट स्नातक गरेका नेपाली डाक्टर र प्यारा-मेडिकल स्टाफहरुले ले नि:शुल्क सेवा प्रदान गरेका थिए। शिबिरबाट चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई नि:शुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको पाकिस्तानी राजदूताबासले जनाएको छ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै चार्ज डी अफेयर्स (a.i.) अलीले नि: शुल्क चिकित्सा शिविर पाकिस्तान र नेपाल बीचको घनिष्ठ जनता-जनता सम्बन्धको प्रतिबिम्ब भएको बताए।उनले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी मानवताको सेवा गर्ने भावनालाई जोगाएकोमा NPFCA, चिकित्सक र प्यारा मेडिकल स्टाफलाई धन्यवाद दिएका थिए।अलिले भविष्यमा पनि त्यस्ता चिकित्सा शिविरहरूका लागि पाकिस्तानको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्