स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, बिरुद्धमा नाराबाजी गर्ने ११ जना पक्राउ



काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन्।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सात वटा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको थियो।

गत जेठ १७ गते नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रमण दौरान समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रोपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखारलगायतसँग भेटवार्ता गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

नयाँ दिल्लीबाट उनी मध्यप्रदेशको भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरको पूजासमेत गरेका थिए।

प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ बिदाई गरेकी थिइन्।

यसैबीच, नागरिकता बिधेयक खारेज गर भन्दै प्रधानमन्त्री प्रचण्डबिरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले
काठमाडौंको सिनामंगलबाट नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्