प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेश जांदै, ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्ने
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज मध्यप्रदेशको उज्जैन जाँदैछन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन्।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन्। त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको बताईएको छ।
यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ। महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । (फोटो सामाजिक सञ्जाल)

