प्रधानमन्त्रीको भारत भ्रमण : यी हस्ताक्षर सम्पन्न भएका सात सम्झौता



नयाँदिल्ली । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको हो ।

सम्झौता गरिएका परियोजनाहरूको सूची

१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण
२. सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. तल्लो अरुणको पिडिए गर्ने
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
७. डिजिटल पेमेन्ट सम्झौता शिलान्यास

उद्घाटनको सूची

-सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

-नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

-बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

-अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

प्रतिक्रिया दिनुहोस्