नेचासल्यानमा बृहत साहित्यिक गोष्ठि सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिका-४स्थित चेतना बिस्तार पुष्तकालयको हलमा बृहत साहित्यिक गोष्ठिको आयोजना गरिएको छ।

१६औं गणतन्त्र दिबसको अवसरमा चेतना बिस्तार युवा परिवार कला साहित्य बिभागको आयोजनामा सोमबार सम्पन्न गोष्ठीमा छबिलाल बास्तोला,कृष्ण प्रसाद चौलागाइ,जेबी राइ,शिब प्रसाद भट्टराइ ,डिल्लि शर्मा ,बबिन राइ र टोपराज बास्तोला लगायत दर्जन बढी स्थानीय साहित्यसेवीहरुले आ-आफ्नो रचना बाचन गरेको आयोजक संस्थाले जनाएको छ।
मोफसलमा रहेर कला ,साहित्य र संस्कृतिको उत्थानका लागि कलम चलाउने साहित्यकारहरुलाई राष्ट्रिय तहसम्म पहिचान गराउने तथा साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्ने उदेश्यले सो गोष्ठीको आयोजना गरिएको चेतना बिस्तार युवा परिवार कला साहित्य बिभागका संयोजक युवराज कटेलले बताए।
नेचासल्यानमा समाज रुपान्तरणका लागि सामाजिक कार्य गर्दै आएको चेतना बिस्तार युवा परिवारले यसभन्दा अगाडी बिभिन्न समयमा नाटकको माध्यमबाट जनचेतना जगाउने कार्य गर्दै आएको भए पनि यस बर्ष देखि मासिक रुपमा नियमित साहित्यिक गोष्ठि संचालन गर्ने, गोष्ठिमा प्रस्तुत रचनाहरुलाई पुस्तकको रुपमा प्रकाशन गर्ने तथा साहित्यमा निखारपन ल्याउनका लागि समिक्षा गर्ने र साहित्यका बिबिध बिधाका उत्कृष्ट रचनालाई उचित सम्मान प्रदान गर्ने योजना रहेको युवा परिवारका अध्यक्ष जगन्नाथ बास्तोलाको भनाइ छ।

