रेशमलाई माफी मिनाहा: सरकार कानुनभन्दा बाहिर गएको गगन थापाको आरोप



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको रिहाईप्रती असन्तुष्टि जनाउंदै सरकार कानुनभन्दा बाहिर गएको आरोप लगाएका छन्।

सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चौधरीको निर्णयमा सरकारले मन लाग्दी गरेको आरोप पनि लगाए। ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले फैसला गरिसकेपछि अदालतको अन्तिम फैसलाको सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो सरकारले निर्णय गर्दियो । राष्ट्रपतिले सजाय मिनाहा गर्दिनु भयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो,’– महामन्त्री थापाले भने ।

सरकार चलाउन गाह्रो हुँदा कसैलाई पनि कानुन मिच्ने र बलमिच्याईँ गर्ने छुट नरहेको उनले बताए । सरकारले बल मिच्याईँ गरेर, दादागिरी देखाएर अदातलको निर्णयलाई समेत अवहेलना गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्