पूर्बराज्यमन्त्री बस्नेतले चेतना बिस्तारलाई उपलब्ध गराए तीन लाख बढी मूल्य पर्ने पुष्तक



सोलुखुम्बु।कोशी प्रदेशका पूर्बराज्यमन्त्री एबम नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेतले चेतना बिस्तार पुष्तकालयका लागि पुस्तक हस्तान्तरण गरेका छन्।

नेचासल्यान वडा नं-४ स्थित सो पुष्तकालयका लागि पूर्बराज्यमन्त्री बस्नेतले बिहिवार तीन लाख बढी मूल्य पर्ने पुस्तक हस्तान्तरण गरेको चेतना बिस्तार युवा परिवारका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए। बस्नेत सो पुष्तकालयका सल्लाहकार समितिका सम्योजक समेत रहेको बास्तोलाले जानकारी दिए।

अघिल्लो कार्यकालमा सोलुखुम्बु जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्बाचित बस्नेतकै पहलमा प्रदेश सरकार र बस्नेत स्वंयले उपलब्ध गराएको सांसद बिकास कोषको बजेटबाट पुष्तकालयका लागि तीन तले भवन निर्माण भइ सञ्चालनमा समेत आएको छ। २०६७ सालमा स्थापना भएर सन्चालनमा आएको चेतना बिस्तार सार्बजनिक पुस्तकालय, चेतना बिस्तार युबा परिवारले सन्चालनमा ल्याएको हो ।

सामाजिक रुपान्तरणका लागि मानिसको सोच बिचारमा परिवर्तन आवश्यक हुनेहुदा बिचार परिवर्तनका लागि अध्ययन सस्कृतिले महत्वपुर्ण भुमिका खेल्ने भएकैले पुस्तकालय स्थापना गरि अध्ययन अनुसन्धान केन्द्रको रुपमा अघि बढाउन खोजिएको अध्यक्ष बास्तोलाले बताए। पुस्तकालयलाइ स्तरोन्न्ति गर्ने यस अभियानलाइ संस्कृत माबि दरबार (हाइस्कुल) सञ्चालक समितिका पूर्ब सदस्य तथा काठमाडौं शिक्षा बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीका अध्यक्ष तप्तराज तिमल्सैनाले पनि करिब ३५ हजार बराबरको पुस्तक सहयोग गरेका छन् ।

यो क्रम निरन्तर अघि बढ्ने र जो कोहि सहयोग दाताले पनि यस अभियानमा सहयोग गर्न सक्ने पुस्तकालयले जनाएको छ । सोलुखुम्बुको ग्रामिण भेगमा स्थानिय युबाहरुको सकृयतामा स्थापित यस पुस्तकालयलाइ सहयोग गरि शैक्षिक अभियानमा टेवा पुर्याउन अध्यक्ष बास्तोलाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्