बादलपुत्र प्रतिक र इन्द्रजीत पुत्र निरजलाई तत्काल गिरफ्तारी दिन एमाले नेता थापाको आग्रह



काठमाडौं।सांसद एबम् नेकपा एमालेका नेता सूर्य थापाले नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र गृहमन्त्री कालका सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरजलाई तत्काल गिरफ्तारी दिन आग्रह गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिक र निरज पृथ्वीमा जहाँसुकै लुकेको भएपनि अनुसन्धान प्रक्रियाको सामना गर्नुको कुनै विकल्प नरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत तत्काल गिरफ्तारी दिन आग्रह गरेका हुन्।

उनले भनेका छन,-‘हाम्रो पार्टी उपाध्यक्ष र बहालवाला सांसदको छोरा यसरी फरार भएर कानुनविपरित लुक्नछिप्न खोज्नु लज्जास्पद र अराजनीतिक व्यवहार हो,यस स्थितिलाई अविलम्ब सच्याएर गिरफ्तारी दिनुपर्छ। यस्तो बचकना तरिका क्षम्य छैन, किनभने आरोपी दोषी ठहरिए दण्ड सजाय र निर्दोष सावित हुँदा सफाइ पाउने त अदालतको फैसलापछि नै हो।’

उनले भनेका छन्-

२ जना अझै फरार रे ?
लज्जास्पद बचकना तरिका !
रामबहादुर थापा बादल र प्रतिनिधिसभा सदस्य नैनकला थापाको एकमात्र छोरा प्रतिक र उहाँकै गृहमन्त्री कालको सुरक्षा सल्लाहकारको छोरा निरज पृथ्वीमा जहाँसुकै लुकेको भएपनि अनुसन्धान प्रक्रियाको सामना गर्नुको कुनै विकल्प हुँदैन। काजीले नेतृत्व गरेको गृहप्रशासनले त धक्कु लाउने मात्र न हो,तिनलाई पक्राउ गर्ने र छानविनलाई कम्प्लिट गर्ने गरी वातावरण बनाउने ल्याकत देखाउने सामर्थ्य होइन कि ?
तर हाम्म्रो पार्टी उपाध्यक्ष र बहालवाला सांसदको छोरा यसरी फरार भएरहेर कानुनविपरित लुक्नछिप्न खोज्नु लज्जास्पद र अराजनीतिक व्यवहार हो।यस स्थितिलाई अविलम्ब सच्याएर गिरफ्तारी दिनुपर्छ। यस्तो बचकना तरिका क्षम्य छैन, किनभने आरोपी दोषी ठहरिए दण्ड सजाय र निर्दोष सावित हुँदा सफाइ पाउने त अदालतको फैसलापछि नै हो। कानुनको शासन र नजरमा सबै बराबर छन्।

प्रतिक्रिया दिनुहोस्