रायमाझी र खांणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका १४ जना अभियुक्तलाई थप ३ दिन प्रहरी हिरासतमा राखेर अनुन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई ठूलो परिमाणमा पैसा असुलेर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्