जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी
काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ । टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।
पत्रकार सम्मेलनमा बितरित विज्ञप्तीमा भनिएको छ,-‘यदि रेशमलाल चौधरी लगायतका राजवन्दी हत्यारा हुन् भने फासिदिन ऐन बनाएर रेशमलाल चौधरीलाई फासि दिए हुन्छ । यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।उसले‘जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुस, प्रदर्शनी, कोण सभाका कार्यक्रम गरिने पनि उसले जनाएको छ।

