प्रतिलिटर १० रुपैयाँले घट्यो डिजल र मट्टीतेलको मूल्य
काठमाडौ।नेपाल आयल निगमले सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएको छ ।

मङ्गलवारदेखि लागू हुने गरी निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे हो । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।
निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखेको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

