नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का आरोपी शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण



काठमाडौं।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वसांसद आङटावा शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

रामेछापबाट २०७० को निर्बाचनमा नेपाली कांग्रेसबाट बिजयी भएका शेर्पाले काठमाडौ जिल्ला प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेका हुन्।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै कांग्रेसका पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो ।

प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेलगायतका व्यक्ति पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी पनि आइतबार पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्