राप्रपा केन्द्रीय समिति बैठक आजदेखी,यस्ता छन् एजेन्डा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको वैठक आज प्रारम्भ हुँदैछ ।

देशमा चौतर्फी संकट मडारिरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धीका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न वैठकले विस्तृत छलफल गर्नेछ, राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।

प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा वैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्नेछ ।

एस आर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्