रासस अध्यक्ष झालाई ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने



प्रेमचन्द्र झा,राैतहट।नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ।

पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार जेठ २० गते राष्ट्रिय समाचार समितिका अध्यक्ष झालाई प्रदान गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा सो पुरस्कार स्थापना गरेको थियो।

गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएएकाे नेपाल पत्रकार महासंघ राैतहटका कोषाध्यक्ष धर्मेन्द्र साहले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्