संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु गरिने



काठमाडौं।सभामुख देवराज घिमिरेले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि शुरु हुने जानकारी गराएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि शुरु हुने जानकारी गराएका हुन् ।

सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए ।

सभामुख घिमिरेले बैठकमा सांसदहरुको उपस्थिति न्युन देखिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्